ताजा अपडेट »

प्रचण्डका कारण देशमा राजनीतिक संकट : लुम्बिनीका मुख्यमन्त्री पोखरेल

सोमबार, १८ साउन २०७८, १३ : १५
2 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डकै कारण देशमा राजनितिक संकट पैदा भएको बताएका छन । आज बुटवलमा जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपाल बुटवलको आयोजनामा भएको बृत्तचित्र सार्बजनिकिकरण कार्यक्रममा बोल्दै उनले प्रचण्डमा भएको अस्थिरता, अबसरबाद र महत्वकाक्षाकै कारण देशमा राजनितिक संकट पैदा भएको बताए । उनले पुर्व एमाले भित्रको अन्तर बिरोधमा खेलेर पाटी टुक्राउने काम गरेको बताए ।

‘प्रचण्डको अवरवादी चरित्र, महत्वकांक्षाका कारे बामपन्थी आन्दोलन नै कमजोर भएको हो ।’-पोखरेलले भने, पूर्व एमाले भित्रको अन्तरविरोधमा खेल्ने काम भयो । एमाले भित्र र बाहिर भएका षड्यन्त्रको दृढताका साथ सामना गर्ने मताउँदै एमाले स्थायी कमिटि सदस्य पोखरेलले प्रचण्ड बिना पनि बामपन्थी एकता सम्भव भएको उल्लेख गरे ।

त्यस्तै उनले अनुशासनमा नबस्ने नेतालाई कार्यकर्ताले दण्डित गर्ने समेत बताए । अहिले जस्तो पाटीभित्र अनुशासनहिन नेता भए आश्रितले नछाड्ने भन्दै पाटिमा आश्रितको अभाव भएको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।