ताजा अपडेट »

रोटरी मेडिकोफ्युजनद्वारा निःशुल्क हेपाटाइटिस परीक्षण

आइतबार, १७ साउन २०७८, ०७ : ५०
6 Shares

बुटवल । विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार बुटवलको देविनगर स्थित आशा
फाउण्डेशनमा निःशुल्क हेपाटाइटिस परीक्षण गरेको छ । क्लवले फाउण्डेशनमा रहेका २५ जनाको निःशुल्क हेपाटाइटिस बी र सी परीक्षण गरेको अध्यक्ष डा. सन्तोष पोखरेलले जानकारी दिए ।

सो अवसरमा कार्यक्रम संयोजक फिजिसियन डा. मनिष विश्वकर्मा र डा. दिनेश गौतमले हेपाटाइटिसका कारण, लक्षण तथा उपचार पद्धतिको बारेमा जानकारी गराउँदै रोगको समयमैं पहिचान गर्न सके उपचार सहज हुने बताए । यस्तै मनोरोग विशेषज्ञ डा. विक्रम काफ्लेले दुव्र्यसनबाट बाहिर आउन दृढ अटोठ हुनुपर्ने बताए । क्लवले दिवसको अवसरमा हेपाटाइटिस रोगको बारेमा सचेतनामूलक ब्यानरहरु विभिन्न अस्पताल तथा सार्वजनिक स्थानमा समेत टाँगेको अध्यक्ष पोखरेलले जानकारी दिए । उनले हेपाटाइटिसलाई उन्मुलन गर्न नीति निर्माण तहमा रहेकाहरुले आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

क्लवले गरेको हेपाटाइटिस परीक्षणमा बुटवलको थाइरो ल्याबले प्राविधिक सहयोग उपलब्ध गराएको ल्याबका अध्यक्ष समेत रहेका डा. दिनेश गौतमले जानकारी दिए । विश्वमा प्रत्येक ३० सेकेन्डमा एक जनाको हेपाटाइटिसको कारण ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो रोगबाट बच्न नवजात शिशुलाई हेपाटाइटिसवरुद्धको खोप दिनुपर्छ, जुन डिपिटी खोपमा गाभिएको हुन्छ । हेपाटाइटिसको उपचारमा ढिलाइ नगर्न तथा गर्भवतीले हेपाटाइटिस भए/नभएको समयमैं परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । यसैले दिवसको यो वर्षको नारा ‘हेपाटाइटिस: नपर्खऔं राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।