ताजा अपडेट »

पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन

शुक्रबार, १५ साउन २०७८, २१ : २५
8 Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालय र सो मातहतका विभिन्न विभागको कार्य, योजना र कार्यान्वयनको प्रगती समिक्षा कार्यक्रम उनले कोरोना सङ्क्रमणसँगै रोकिएको कैदीबन्दी भेटघाटलाई स्वास्थ्य मापदण्ड र पिसिआर रिपोर्टको आधारमा भेट्ने वातावरण बनाउन निर्देशन दिए ।

गृहमन्त्री खाँणले मन्त्रालयले सरकारको उपस्थिती प्रभावकारीरुपमा देखाउनुपर्ने भएकाले प्रविधिको उच्चतम प्रयोगमार्फत विभागलाई थप सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।