ताजा अपडेट »

मानव धर्म सेवा समिति बुटवलद्वारा शुद्धोधनमा सत्सङ्ग

मंगलबार, १४ साउन २०७६, २३ : ०६
4 Shares


साउन १४,
ग्लोबल आवाज
बुटवल । शुद्धोधन गाउँपालिकामा महान सत्सङ्ग समारोह सम्पन्न भएको छ । महान सत्सङ्ग समारोह मानव धर्म सेवामा आस्था राख्ने स्थानीय हरिलाल शर्माको आयोजना र मानव धर्म सेवा समिति बुटवलको सहकार्यमा भएको हो । समारोह मानव धर्म सेवा समिति बुटवलकी प्रमुख चाँदना बाइजीको अध्यक्षता र शुद्धोधन गाउँपालिका वार्ड नं.३ का अध्यक्ष हेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।


स्थानीय सियाभार दुर्गा मन्दिरमा सम्पन्न सत्सङ्गमा आयोजक संस्थाकी प्रमुख चाँदना बाइजीले उपस्थित करिब २ सय जनालाई मानव धर्म बारे प्रवचन दिएकी थिइन् । उनले मानवीय धर्ममा रहेर असल र अनुशासित जीवन जिउन सबैलाई आग्रह गरिन् । त्यसैगरी प्रमुख अतिथि शुद्धोधन गाउँपालिका वार्ड नं.३ का अध्यक्ष हेम बहादुर खड्काले सत्सङ्गले मानवीय जीवन र धर्मबारे ज्ञान दिई वास्तविक जीवन प्रेरित गर्ने बताउँदै समारोह महत्वपूर्ण रहेको रोशन शर्माले बताए । कार्यक्रम भिम गुरुङको सञ्चालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।