२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

बुटवल । गृह मन्त्रालयले ५८ वटा जिल्लामा निषेधाज्ञा केही खुकुलो बनाउँदै थपेको जानकारी दिएको छ ।

Advertisement

गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार ५८ जिल्लामा निषेधाज्ञा थप गरिएको र १९ जिल्लामा निषेधाज्ञा हटाइएको छ । तर, लामो दूरीको यातायातको सम्बन्धमा अहिले खुलिसकेको अवस्था नरहेको उनले बताए।

काठमाडौं उपत्यकामा जिल्ला प्रशासनको पास बनाएर लामो दूरीका सार्वजनिक यातायात काठमाडौं आउन पाउने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १४ हजार १८२ जनाको कोरोना परीक्षण गर्दा दुई हजार ९३६ जनामा सङ्क्रमण पुष्टि भएको छ । साथै, ४३ जनाको मृत्यु भएको छ भने एक हजार ७७५ जना सङ्क्रमण मुक्त भएको तथ्याङ्कले जनाएको छ ।

असार अन्तिमदेखि कोरोना सङ्क्रमण दर घट्दै गएका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको सूचना अधिकारीले आचार्यले बताए ।

गत वैशाखबाट नेपालका ७७ वटै जिल्लामा शुरुभएको निषेधाज्ञा अहिले ५८ जिल्लामा मात्र लागू भएको छ । जसमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान र डडेल्धुरामा जिल्लामा निषेधाज्ञा जारी छ ।

यसैगरी, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, उदयपुर, पर्वत, मकवानपुर, कालिकोट स्याङ्जा रामेछाप, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, महोत्तरी, डोटी नवलपरासी पूर्व, म्याग्दी, मुगु, तनहुँ, सिरहा, नवलपरासी पश्चिम, इलाम, सिन्धुपाल्चोक र धनकुटामा पनि निषेधाज्ञा लागू छ ।

त्यस्तै, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, सिन्धुली, ओखलढुंगा, पाँचथर, सोलुखुम्बु, तेह्रथुम जिल्लामा निषेधाज्ञान थप गरिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । गृह उपसचिव एवं सूचना अधिकारी खुमकान्त आचार्यले यी जिल्लाबाहेक अन्य जिल्लामा निषेधाज्ञा हटाइएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय बारा बस दुर्घटना : मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित) ४० प्रतिशत हिस्सा दिनु पर्ने कोइराला समुहको ठहर गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो, सतर्क रहन आग्रह काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह