July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन

264

मङ्गलबारे । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा परेका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । 

इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् । आफैँले चलाएको मे८प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई रतुवा पुल नजिक सेतेभिरबाट अन्दाजी करिब १०० मिटर तल झर्दा उनको टाउकोमा चोट देखिएको थियो । 

सख्त घाइते भएका राईलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु-याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । शव हाल बिएण्डसी अस्पतालको शवगृहमा राखिएको बताइएको छ । 

पछिल्लो अपडेट