ताजा अपडेट »

शान्ति समाज र रक्तदाता समाजद्वारा संयुक्त रुपमा रक्तदान

सोमबार, ३१ जेठ २०७८, १५ : ०९
10 Shares

बुटवल । मानवाधिकार तथा शान्ति समाज रुपन्देही तथा नेपाल स्वयसेवी रक्तदाता समाजले संयुक्त रुपमा रक्तदान गरेका छन् । शान्ति समाज र रक्तदाता समाजले सोमबार बुटवलमा अन्तर्राष्ट्रीय रक्तदान दिवसको अवसरमा रक्तदान गरेका हुन् ।

कार्यक्रममा मानब अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोबिन्द खनालले राष्ट्रको सम्पूर्ण शक्ति प्रयोग गरेर सबै नागरिकलाई खोपको ब्यबस्था गर्न सरकारसँग आग्रह गरेका छन् । कार्यक्रमा सचिब मिना ढकाल, जिल्ला पुर्ब सभापति हरिश ढकाल,अभियान्ता लिला लुईटेल , बिजु पौडेल, अर्जुन कुवँर, जानकी नेपाल, निरन्जन श्रेष्ठ र पत्रकार स्वतिक श्रेष्ठ लगायत अभियान्ताहरुको सहभागिता रहेको थियो ।

शान्ति समाजका रुपन्देही सभापति डि पि खनालको अध्यक्षता, नेपाल स्वयसेबि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष अध्यक्ष कृष्ण चौहानको स्वागत मन्तव्य र जिल्ला सह–सचिब कृष्ण पान्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।