१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले कोरोना महामारीमा जनताको स्वास्थ्यमा गम्भीरताका साथ चासो दिएर काम गरेको भन्दै नागरिकले खुशी व्यक्त गर्नुका साथै स्थानीय सरकारको कामलाई स्याबासी दिएका छन् ।

Advertisement

कोरोना महामारी नियन्त्रणका लागि जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मी परिचालनलगायत अन्य पाटोमा सक्रियतापूर्वक लागेको घोडाघोडी नगरपालिका अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न एमबिबीएस चिकित्सक नहुँदा समस्यामा परेको थियो तर अहिले पालिकामा सो समस्या समाधान भएपछि आइसोलेशन मात्र नभई पालिकाले अस्थायी कोरोना अस्पताल नै सञ्चालन गरेपछि नागरिकले स्थानीय सरकार जनताको भएको महसुस गरेको बताएका छन् ।

केही दिनअघिसम्म चिकित्सक अभाव भोगिरहेको घोडाघोडी अहिले जनतालाई सहज तरिकाले स्वास्थ्य सेवा दिन क्रियाशील छ । एमबिबीएस डा टेकराज भट्टराई, दुई स्टाफ नर्स ज्योति चौधरी र शिला चौधरी एवं हेल्थ असिस्टेन्ट शिशिर न्यौपानेसहितको टोलीले यस महामारीमा देखाएको सक्रियताले कोरोनाका बिरामीका साथै आम नागरिकको मन जितेपछि नागरिकले स्वास्थ्यकर्मीसहित स्थानीय सरकारको प्रशंसा गर्न थालेका छन् । कोरोनाका लक्षण देखिएका बिरामीको परीक्षण गर्न तथा सामान्य स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या हुने अवस्थामा रहेको घोडाघोडीमा अहिले पालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमितले नियमित उपचार पाइरहेका छन् । अस्पतालमा अहिले कोरोनाका सामान्य तथा अक्सिजन दिनुपर्ने बिरामीको निरन्तर उपचार भइरहेको डा भट्टराईले जानकारी दिए ।

कोरोना लाग्यो भने उपचारका लागि सोझै धनगढी जानुपर्ने नागरिकका लागि गाउँघरमै चिकित्सकसहितको कोरोना अस्पताल सञ्चालन हुँदा सहज भएको स्थानीय युवा कपिल सापकोटा बताउँछन् । महामारीको बेला पालिकाले स्वास्थ्य क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेर काम गर्दा जनतामा स्थानीय सरकारप्रति विश्वास बढेको सापकोटाको भनाइ छ । अहिले पालिकाले हरेक वडामा स्वास्थ्य केन्द्र बनाउनु, हरेक समय आम नागरिकले कोरोना परीक्षण गर्न पाउने व्यवस्था हुनु तथा उपचारको व्यवस्था गरिनुले पनि आम नागरिकको स्थानीय सरकारप्रतिको विश्वास अझै अग्लिएको सापकोटाको तर्क छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे ‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड