Jun 10, 2023
बुटवल । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पुन: बर्खास्त भएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापा पदमुक्त भएको सूचना संसदमा जानकारी गराइएको छ । जनमोर्चाले थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरेर सांसद पदबाट हटाएको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता गरेको थियो ।
बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा जनेमार्चाले विपक्षमा मत हाल्न ह्वीप जारी गरेको थियो । तर, थापा तटस्थ रहँदै ह्वीपको उल्लंघन गरेपछि कारबाही गरिएको हो । यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि प्रदेशसभा सदस्य थापालाई पदमुक्त गरेको थियो । तर, थापालाई २३ जेठमा सर्वोच्चले पुनर्वहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
प्रतिकृया दिनुहोस्