ताजा अपडेट »

मध्यरातमा प्रतिनिधि सभा विघटन, कार्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन

शनिबार, ०८ जेठ २०७८, ०१ : ०५
8 Shares

काठमाण्डाै । मन्त्रिपरिषदको बैठकले आगामी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने निर्णय गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ । राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

https://www.globalaawaj.com/archives/107754
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।