ताजा अपडेट »

लुम्बिनी प्रदेशमा सत्ता समिकरण : दुबैतर्फ ‘फिप्टि–फिप्टि’

आइतबार, १९ बैशाख २०७८, १५ : २०
8 Shares

बुटवल । लुम्बिनी प्रदेशको राजनीति एकपछि अर्को मोडमा गएको छ । आइतबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले एमालेको एकल बहुमतमा सरकार गठन गर्ने भन्दै पदबाट राजिनामा दिएका थिए । पोखरेलले राजिनामा दिएपछि बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले पोखरेलको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर यसको केही घण्टापछि तत्कालिन नेकपाबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेपछि एमालेलाई ठूलो राजनितीक धक्का लागेको छ ।

बिमला ओलीले एमालेको साथ छाडेर माओवादी केन्द्रमा सामेल भएसँगै प्रदेशसभामा एमालेको पक्षमा ४० सांसद पुगेका छन् भने काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा गरी विपक्षी गठबन्धनमा पनि ४० सांसद नै पुगेका छन् । यस्तै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार निर्माणका लागि प्रदेश प्रमुख समक्ष माग दाबी गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए संगै ४० जना सांसद सदस्यको हस्ताक्षर सहित माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । बैसाख ६ मा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनले सरकार निर्माणका लागि मागदाबी पेस गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।