ताजा अपडेट »

विमला वली माओवादीमा प्रवेश, एमालेलाई ठूलो धक्का

आइतबार, १९ बैशाख २०७८, १३ : ४६
6 Shares

बुटवल । एमालेबाट निर्वाचित सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । सांसद वली माओवादीमा प्रवेश गरेको पूर्व सामाजिक विकास मन्त्री एवं माओवादीका सासंद सुदर्शन बरालले पुष्टि गरेका छन् । ’उहाँ प्रवेश गर्नुभएको होइन, उहाँले माओबादी रोज्नु भएको हो । ’ ग्लोबल आवाजसँगको कुराकानीमा बरालले भने । केही समयमा नै वक्तव्य आउँछ । ’ दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् ।

लुम्बिनी प्रदेश सभा ८१ सदस्यीय हुँदा अब सत्तारूढ एमालेसँग ४० सांसद मात्र छन् । संविधानको धारा १६८(१) अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद चाहिन्छ । प्रदेश सभामा नेपाली काँग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद थिए । वली माओवादीमा प्रवेश गरेपछि विपक्षी गठबन्धनसँग अब सभामुखसहित ४१ सांसद पुगेको छ । सांसद वली माओवादीमा प्रवेश गरेसँगै एमालेलाई ठूलो धक्का लागेको छ । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार बिहान राजिना दिँदै एमालेको एक बहुमतमा सरकार बनाउने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।