ताजा अपडेट »

त्रिदेशीय कप क्रिकेट : नेपालद्वारा नेदरल्याण्ड पराजित

शनिबार, ०४ बैशाख २०७८, १७ : ५०
8 Shares

बुटवल । नेपालले त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १३७ रनको लक्ष्य नेपालले खेल सकिन पाँच ओभर बाँकी छँदै मात्र एक विकेटको क्षतिमा १४१ रन बनाएर पूरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेष अविजित रहे । कप्तान मल्लले १५ औं ओभरको अन्तिम बलमा छक्का लगाएर जित दिलाए । आशिफ शेषले ५४ तथा ज्ञानेन्द्र मल्लले १३ रन बनाएर अविजित रहे ।

नेपालको जितमा कुशल भुर्तेलले विष्फोटक पारी खेल्दै मात्र ३० बलमा आफ्नो अर्धशतक पूरा गरे सुरुमा केही गलत प्रहार गरेपनि आशिष शेषले कुशलसँग उत्कृष्ट साझेदारी गर्दै नेपालको पारी उकासे । दुबैजनाले नेपालका लागि टी ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि गरेको साझेदारी अहिलेसम्मकै उच्च हो । नेपाललाई जितको लागि ४४ बलमा २१ रन ल्याउन आवश्यक छँदा कुशल भुर्तेल ६२ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्किए । उनले मात्र ४६ बलमा पाँच चौका र पाँच छक्का लगाएर ६२ रन बनाए ।


पारस खडका र ज्ञानेन्द्र मल्लले यसअघि पहिलो विकेटका लागि गरेको शतकीय साझेदारीको कीर्तिमान समेत भुर्तेल र शेषको जोडीले भङ्ग गरे । पारस र ज्ञानेन्द्रले सन् २०१९ को मार्चमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमै शतकीय साझेदारी गरेका थिए ।नेदरल्याण्ड्समाथि जित हात पार्ने क्रममा नेपालले मात्र दश ओभर दुई बलमा एक सय रनको योगफल पूरा गर्यो । नेदरल्याण्ड्सको बलिङमा जुलियन डे मेले एक विकेट लिए । नेदरल्याण्ड्सले नेपाल समक्ष १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिदेशीय कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेदरल्याण्ड्सले २० ओभरमा चार विकेटको क्षतिमा १३६ रनको योगफल तयार गरेको थियो ।

कीर्तिपुरस्थिति त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको नेदरल्याण्ड्सले १२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गर्यो । ओपनर म्याक्स ओ डौडले १० तथा बेन्न कूपर डक आउट भए । सन्दीप लामिछानेले डौडलाई आरिफ शेषको हातबाट क्याच आउट गराए । सोमपालले कूपरलाई एलबीडब्ल्युको धरापमा पारे ।नेपालका लागि सन्दीप लामिछानेले सर्बाधिक दुई तथा सोमपाल कामी र साहब आलमले एक एक विकेट लिए ।

https://www.globalaawaj.com/archives/99231
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।