ताजा अपडेट »

प्रदेश ५ : ३४ अर्ब बढीको बजेट आउँदै

आइतबार, ०१ असार २०७६, १३ : ३२
8 Shares

असार १, बुटव । पाँच नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ अर्ब बढीको बजेट आज ३ बजे आउँदैछ । । गतवर्षको भन्दा करिब ८ अर्व बढीको बजेट आउने आकलन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत समालेका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रस्तुत गर्ने बजेटमा प्रदेशका विभिन्न गौरवका आयोजना अगाडी बढाउने गरी प्रथामिकता दिइने बताइएको छ ।


मन्त्रालय स्रोतका अनुसार यो बजेटमा नीति कार्यक्रममा जस्तै कृषिलाई विशेष प्राथमिकता दिइएको छ । तर अंकमा भने बजेटको धेरै रकम पूर्वाधार विकासमै जानेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता योजना तथा बजेट महाशाखाका उपसचिव जनार्दन पौडेलले बजेटको आकारका बारेमा उल्लेख गर्न चाहेनन् । उनले बजेटले विभिन्न क्षेत्रलाई प्रथामिकता दिएको बताए । प्रदेश सरकारले करिब १० वटा प्रादेशिक गौरवका आयोजना समावेश गर्दैछ । प्रदेश सरकारमा संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्व ५४ करोड १ लाख बजेट आएको छ । त्यस्तौ राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख बजेट आएको छ । ससर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ ।
यो गत वर्ष बिनियोजन भएको बजेटभन्दा ८ अर्व १३ करोड बढी हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा करिब साढे तीन अर्व राजश्व संकलनको लक्ष्य राखेको बताइएको छ । चालु आर्थिक वर्षको पुजिगत तर्फको केही रकम खर्च नभई संञ्चित हुनेछ । सो रकम समेत गर्दा ३४ अर्ब भन्दा माथिको बजेट आउने संभावना रहेको छ । मन्त्रालयका एक अधिकृतका अनुसार करिब ३४अर्वको बजेट आउने सम्भावना देखिएको छ । सरकारले नीति कार्यक्रममा कृषि योजनालाई निकै प्राथमिकतामा राखेको छ । बजेट महाशाखाका अनुसार बजेटमा सरकारका कार्यक्रम कृषिमै बढी हुने छन । त्यस्तै कृषिसँगै पर्यटन, उद्योग लाई पनि प्रथामिकतामा राखेर बजेट ल्याइदै छ । बजेटमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले विस्तारित रुपको निरन्तरता पाउनेछ । सो कार्यक्रम प्रदेशको गरिबीदरलाई १० प्रतिशतभन्दा तल झार्ने उद्देश्य सहित बनाइएको हो । ३५ गाउँपालिकामा रहेको कार्यक्रम थप पालिकाहरुमा विस्तारित हुने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।