ताजा अपडेट »

बम विस्फोटमा परी एक सैनिकको मृत्यु

सोमबार, २३ चैत्र २०७७, १२ : ४०
10 Shares

काबुल । अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ । सडककिनारमा राखिएको विस्फोटक पदार्थ विस्फोटन हुदाँ एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ ।

यस विस्फोटमा कुनै समूहको हात रहेको हो सो भने प्रष्ट भएको छैन् । अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन् । यस पटक पनि सोही समूहको हात रहेको आशङ्का प्रहरीको रहेको छ ।

यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन । -सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।