४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

जेठ २८, काठमाण्डौं । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।

Advertisement

बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गरेका छन् । उनीहरुले प्रस्ताव प्रस्तुत गर्नुपर्ने कारण र औचित्य पुष्टयाइँ गर्दै आफ्नो प्रस्तावका पक्षमा सहयोग गर्न आग्रह गरे । खर्च कटौतीका प्रस्तावकले युवा रोजगारमुखी बजेट नदेखिएको तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने विषयमा बजेटमा छुटेको उनीहरुको भनाइ थियो ।

बजेट अपुग भन्नेले नै खर्च कटौतीको कुरा गर्नु आश्चर्य

मन्त्रालयगत छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का खगराज अधिकारीले कतिपय आयोजनाका लागि बजेट अपुग भयो भनी प्रश्न उठाउने सदस्यले नै खर्च कटौती कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्धि र लोककल्याणकारी राज्यको अवधारणानुरुप आएको बताए । उनले बजेट आर्थिक गतिविधि र विकास निर्माणका कामलाई तीव्रता दिने खालको भएको हुँदा समग्रतामा विकास र समृद्धिमुखी छ भने ।

सत्तापक्षका नेताका जिल्लामा बढी बजेट विनियोजन

प्रतिपक्ष दल नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् भनी प्रश्न गरे । “चितवन, झापा, बर्दिया र ठूल–ठूला नेताको जिल्लामा बजेट हालेर समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा हुन्छ ? पछाडि परेका गरीबको स्थानमा खै बजेट ? सबैलाई समान रुपमा बजेट दिनुपर्छ, बजेट समावेशी नभएकाले सच्याउनुपर्छ”, उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीको ओमसतिया अध्यक्षमा एमालेका यादव विजयी एमाले अध्यक्ष ओली अस्वस्थ बुटवलको कालिकानगरमा मोटरसाइकल दुर्घटना हुँदा गुल्मीका ४० वर्षीय ज्ञवालीको मृत्यु रुपन्देहीको मायादेवी अध्यक्षमा पुनः कांग्रेसका चौधरी तिनाउ नदिमा डुबेर बुटवलका ८ वर्षिय रिदमको मृत्यु अर्घाखाँचीको सन्धिखर्कमा एमालेसँग गठबन्धन पराजित मतगणना सकिएका चितवनका तीनवटै पालिकामा एमाले विजयी नेप्से झिनो अंकले सुधार बुद्धका ज्ञान बाँड्दै बुटवल लेडि जेसिज पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी भरतपुरमा रेनुलाई १९ सय ६ मतको अग्रता गठबन्धनलाई पराजित गर्दै देवदह नगरपालिकाको प्रमुखमा एमालेका ध्रुव खरेल विजयी भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई निर्वाचन आयोगले दियो बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्देशन कालिकाका शिक्षकका लागि पुनर्ताजगी तालिम बुटवलमा बम बिस्फोट गराउने ३ जना पक्राउ युवाको हातमा सर्दै स्थानीय सरकारको साँचो बालेन साहले पाएको मत दलप्रतिको आक्रोश : हरिबोल गजुरेल विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई भैरहवामा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना : २४ जना घाइते, ६ गम्भीर