ताजा अपडेट »

माधव समूहले पार्टीभित्र संघर्ष गर्ने, आत्मसमर्पण नगर्ने

आइतबार, १५ चैत्र २०७७, ०७ : ०३
6 Shares

काठमाडौं । नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरु त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रुपमा एमाले र माओवादी ब्युँताइदिएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो । नेपाल समूहका नेताहरुले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निर्क्यौलमा पुगेको छ । 

शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । यो समाचार आजको  नागरिक दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।