१० माघ २०७८, सोमबार

Jan 24, 2022

काठमाण्डौं । विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका एक/एक सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ८९ विदेशी शिक्षार्थी दीक्षित भइसकेको जानकारी दिइएको थियो । समापनका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनानी समिर श्रेष्ठलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदानका साथै कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल २२औँ संस्करणको लोकार्पणसमेत गरे । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटा र शिक्षा अधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम र शोधपत्रमा प्रथम हुने सेनानी भूमिराज ओझालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा प्रधानसेनापति थापाले तालिम पूरा गरेका सैनिक अधिकृतले सङ्गठनलाई नवीन सोच र दृढ सङ्कल्पका साथ अघि बढाउन दृढ सङकल्प गर्न आवश्यक रहेको बताए । सेनाको माथिल्लो दर्जामा पुग्न अनिवार्य मानिएको उक्त तालिमसँगै सहभागीलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको अध्ययनको व्यवस्था मिलाउँदै आएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे