१७ आश्विन २०७९, सोमबार

Oct 3, 2022

रसुवा । उपयुक्त स्थानमा भूमिको छनोट गरी आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन कार्य पूरा भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाद्वारा जिल्लाभित्रका पाँचवटै गाउँपालिका क्षेत्रभित्रको वस्तुस्थिति अध्ययन, स्थानीय तहका पदाधिकारीसँगको छलफल एवं अन्तरक्रियाबाट सुकुम्बासीको पहिलो खाका तयार पारिएको हो ।

पहिलो चरणको अध्ययनले रसुवा जिल्लामा करिब ५० भूमिहीन र २०० अव्यवस्थित बसोबास गर्ने व्यक्ति रहेको आकलन गरेको भूमिसम्बन्धी समस्या आयोगका विज्ञ सदस्य सुष्मा न्यौपानेले बताए । भूमिहीन दलित एवं सुकुम्बासीलाई आवास तथा कृषियोग्य जमिनको व्यवस्थापनमा मद्दत पुर्याउने विगतका आयोगले गरेका कामअन्तर्गत अधुरा कामको अध्ययन एवं समाधानको बाटो पहिल्याउने मुख्य उद्देश्यका साथ गृहकार्य अगाडि बढिरहेको छ । नापी, वन, मालपोत कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखसमेत समावेश भएको सात सदस्यीय जिल्ला समितिले विगतमा आयोगद्वारा सङ्कलित सुकुम्बासीका मागपत्रसमेत एकसाथ अध्ययन गरिरहेको बताइन्छ । जोखिम क्षेत्र भनी कानूनले तोकेका र भूगर्भविद्ले सिफारिस गरी बस्न नहुने भनी तोकेका स्थानमा बासस्थान लिइरहेका वास्तविक भूमिहीनलाई योजनाबद्ध तरिकाले स्थानान्तरण गर्ने, कृषिकर्ममा संलग्न दलित एवं अन्य भूमिहीन सुकुम्बासीलाई कृषिका लागि उपयुक्त जग्गा उपलब्ध गराउने समेतका लक्ष्य रहेको बताइएको छ । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ, केराघारी तथा वडा नं १ र २ अन्तर्गत सानोहाकु, फूलबारी, उत्तरगया गाउँपालिकाको वडा नं १ गोगने, मैलुङ करूम्राङजस्ता क्षेत्रमा बढी जोखिम मानिँदै आएको र समितिको पहिलो अध्ययन त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

किन विवादित हुने गरेको छ शान्तितर्फको नोेबेल पुरस्कार ? आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै घोडा दौडमा बोहोरा प्रथम, ५ हजार पुरस्कार दशैंले छोएन ७० वर्षीय साइँलालाई, सधैं बालुवामै संघर्ष स्रोतमै फोहर वर्गीकरण : भएन कार्यान्वयन दाङमा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु १७ लाखले छाडे काठमाण्डौं तोकियो निर्वाचनका लागि खर्चको सीमा त्रुटि सच्याएर समानुपातिक तर्फको बन्दसूची बुझाउने समय सकियो शालिकले बढ्यो दरबारको आकर्षण गायक कमल खत्रीले गरे विवाह, विवाह खर्चको रकम असहायलाई अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स दशैं पर्व : हराउँदै मौलिक संस्कृति उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र दशैंमा अस्थायी पुलले ल्याएको खुसी निर्वाचन भयरहित बनाउन रुपन्देहीका सरकारी अधिकारीहरुको आग्रह शान्ति समाजद्वारा वद्ध आश्रममा खाद्यान्न प्रदान एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा बासी र सडेगलेका खाना नखान आग्रह अर्घाखाँचीको डमरू दहमा डुवेर एक व्यक्तिकाे ज्यान