ताजा अपडेट »

४० वर्ष भारतको जेलमा बिताएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

विहीबार, १२ चैत्र २०७७, १३ : ०५
8 Shares

काठमाडौँ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले दुर्गाप्रसादलाई वंशजको आधारमा नागरिकता प्रदान गरेको हो । नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन्।

नागरिकतामा उनको नाम दुर्गाप्रसाद तिम्सिना नै लेखिएको छ। पश्चिम बंगालका जेल र कलकत्तास्थित उच्च अदालतका कागजातमा उनको नाम दीपक जैसी छ। लामो अवधि जेलमा शारीरिक र मानसिक यातना पाएका कारण उनको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । उनी कम बोल्छन् र एकोहोरिन्छन् । उनको उपचारमा प्रदेश सरकारले यसअघि नै चासो देखाइसकेको छ ।

https://www.globalaawaj.com/archives/92247
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।