ताजा अपडेट »

अभियान्ता ज्ञानेन्द्र शाही रिहा

शुक्रबार, २४ जेठ २०७६, १८ : ०३
36 Shares


जेठ २४, काठमाण्डौं । भ्रष्टाचार विरोधी अभियानका अभियान्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् । शाहीलाई गैरकानूनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिहा गर्न आदेश दिएको हो।

रिहा भएसंगै जनताहरुले यो जीत कस्को ? जनताको, ज्ञानेन्द्र शाही जिन्दावाद, भ्रष्टाचारीलाई कारवाही गर लगायतका नाराहरु घन्किएका छन् । ह्विल चियरमा बसेका शाहीलाई हजारौ समर्थकले घरेर बाहिर ल्याएका थिए ।

पत्रकारहरुलाई गालीगलौज गर्दै अन्तर्वार्ता दिएको आरोपमा शाहीलाई जेठ १५ गते प्रहरीले सुर्खेतको खुल्लामञ्चबाट पक्राउ गरेको थियो । उनले आफूमाथि प्रहरीले निर्घात कुटपिट गरेर चरम यातना दिएकाे आराेप लगाएका छन् । तर प्रहरीले भने उक्त आरोप नकारेको छ ।

गत वैशाख १८ गते आफ्नो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै शाहीले भिडियो पोष्ट गरेका थिए। शाहीविरुद्ध सोही दिन नेपाल पत्रकार महासंघ सुर्खेत शाखा र कर्णाली प्रदेश समितिले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीको जाहेरीका आधारमा जिल्ला अदालत सुर्खेतले बैशाख १९ गते पक्राउका लागि वारेन्ट जारी गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।