ताजा अपडेट »

९७ वर्षको उमेरमा गाडी हाक्ने राजकुमार फिलिप दुर्घटनामा परेपछि…

शनिबार, ०५ माघ २०७५, १७ : १३
10 Shares

माघ ५,

लण्डन । उमेरले झण्डै सय बर्षको हाराहारीमा पुगेका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उनले अझै पनि गाडी चलाउछन् ।
ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको भए । उनले गाडी हाँक्न छोडेका छैनन् ।तर बिहीवार उनले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।दुर्घटनामा उनलाई कुनै चोटपटक लागेन । तर घटनापछि उनि निकै आत्तिएको भने बताइएको छ ।


स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उनको जीप अर्को किया कारसँग ठोकिन पुग्यो । घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उनलाई कारबाट निकाले ।


‘कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा हुनुहुन्थ्यो, ‘ प्रत्यक्ष्यदर्शीले बताए ।स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् ।आफैँ गाडी नहाँक्न दिइएका सुझाव उहाँले पटक्कै स्वीकार्नुभएको थिएन । तर यो घटनाले उहाँलाई झस्काएको हुनुपर्छ ।राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिएका  थिए । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचारहरू व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउँन दिने कुरालाई गलत नै भनिएको छ ।


ब्ब् मोटरिङ एसोसियसनका अध्यक्ष एडमण्ड किङले भने, ‘नयाँ चालकका कारण सडक दुर्घटना बढी हुने गरेका छन् ।’‘यदि सवारी चालकको उमेरलाई लक्षित गरी नयाँ कानून बनाइन्छ भने पहिले बुढो चालकलाईभन्दा कम उमेर (नयाँ चालक) माथि कडाई गरिनुपर्छ ।’
‘पाका चालकले सडकको अवस्था हेरेर उनीहरूको सवारीलाई आफै नियन्त्रण गर्छन् । उनीहरूलाई रातिमा गाडी नचलाउन र परिचित सडकहरूमा मात्र गाडी चलाउन सल्लाह दिनु राम्रो हो ।’ रासस/एएफपी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।