ताजा अपडेट »

ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड विरुद्धको खोप

आइतबार, २३ फागुन २०७७, ०८ : ०३
4 Shares

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाविरुद्धको खोप लगाउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने छन् ।

यसका साथै आजदेखि नेपालमा दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री ओलीले पनि खोप लगाउन लागेका हुन्। यीबाहेक सवारी चालक, शिक्षक र सहचालकसमेतलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।

यसैबीच नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याइँदै छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आज नेपाल आइपुग्ने बताए । उनले नेपालमा प्राथमिकताका आधारमा खोप लगाउने कार्य भइरहेको भन्दै फागुन २३ देखि ६५ वर्षभन्दा माथिका उमेर समूहका ज्येष्ठ नागरिकले खोप लगाउनसक्ने बताताए।

सचिव अर्यालले नेपालमा कोरोना खोपको अभाव नहुने भन्दै सरकारले खरिद गर्ने खोप ल्याउने तयारी गरिरहेको बताए । अर्यालले ५० लाख डोज खोप भारतसँग खरिद गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । कोभ्याक्सले कुल जनसङ्ख्याको २० प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने छ । -गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।