२० मंसिर २०७९, मंगलवार

Dec 6, 2022

सोल । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड– १९) का संक्रमितहरूको संख्या पछिल्लो समयमा केही घटेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले संक्रमित हुनेहरूको संख्यामा पछिल्ला सातामा केही कमी आएको जनाएका छन् । यो संख्या यहाँ केही दिनयताको भने कम देखिएको छ । योसँगै यहाँ संक्रमितहरूको संख्या ९१ हजार ६३८ जना पुगेको पनि बताइएको छ । कोरियामा पछिल्लो साता हरेक दिन संक्रमितको संख्या ४०० भन्दा तल झरेको छ । तर यो संख्या ३०० देखि ४०० सम्म रहेको पनि बताइएको छ । गएको २४ घन्टामा यहाँ ३८८ जना संक्रमित थपिएका हुन् ।

उनीहरूमध्ये केही विदेशबाट आएका व्यक्ति हुन् । यसैगरी यहाँ पछिल्लो २४ घन्टामा आठ जना व्यक्तिको मृत्यु भएको छ । योसँगै कोरियामा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या एक हजार छ सय २७ जना पुगेको छ । दक्षिण कोरिया सरकारले कोरोना भाइरस संक्रमण रोक्न प्रभावकारी काम गरेको भन्दै शुरुका दिनहरुमा यहाँ यो भाइरसको संक्रमण बढेको थिएन ।

पछिल्ला हप्ताहरुयमा यहाँ यो भाइरसको संक्रमण बढेको भए पनि पछिल्ला केही दिनमा भने कम भएको देखिएको छ । दक्षिण कोरियाका स्वास्थ्यसम्बन्धी अधिकारीहरूले दिएको जानकारीअनुसार कोरोना संक्रमितमध्ये १.७८ प्रतिशतको ज्यान गएको बताइएको छ । यहाँको सरकारले करिब ७० लाख नागरिकमा कोभिड संक्रमणको परीक्षण (पिसिआर) गराएको जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते प्रि-ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले वृद्धि भाइलाई पत्नी जुटाउन यी दिदीले १२ वर्षदेखि गर्दैछिन् पैसाको जोहो अनुमतिविनाका अस्पताल छ्यापछ्याप्ती, नियमक निकाय मूकदर्शक सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने रोनाल्डो किन्‍न साउदी क्लब तयार सिम्रिकसँग हेलिकोप्टर किनेको हेली एभरेष्टले माग्यो ६ जना पाइलट अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु नेपाली अर्थतन्त्रको उल्टो यात्रा गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ देशभर चिसो बढ्यो, तराईमा साझ विहान हुस्सु वायु प्रदूषणः चीनमा हरेक वर्ष ६४ हजार शिशुको गर्भमै मृत्यु महाकालीको समस्या समाधानका लागि नेपालले आज कूटनीतिक नोट पठाउँदै नयाँ सांसद पनि भाडाकै भवनमा किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ? प्रतिनिधि सभामा पुरुषको वर्चश्व, प्रत्यक्षतर्फ १६५ मध्ये ९ जना मात्र यी हुन् महिला एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर घाँटी रेटेर मायाको हत्या अभियोगमा पक्राउ परेका आरोपित सार्वजनिक रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा फेरी अर्को उजुरी