ताजा अपडेट »

सर्वोच्चलाई प्रचण्डको जवाफ-‘अदालतलाई धम्क्याएको दाबी झुटो’(पूर्णपाठ)

आइतबार, १६ फागुन २०७७, १२ : ५५
10 Shares

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिएका छन् । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि प्रचण्डले आइतबार सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका हुन् ।

सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रचण्डले आफूले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताएका छन्। उनले यसबाट अदालतको अवहेलना हुनै नसक्ने दाबीसमेत गरेका छन्।

“निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ।”–उनले लिखित जवाफमा भनेका छन् ।

https://www.globalaawaj.com/archives/85843
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।