ताजा अपडेट »

सैनामैना मेयर कप फुटबल : खनाल ब्रदर्श सेमिफाइनलमा

शनिबार, ०१ फागुन २०७७, १८ : २८
2 Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा पुग्ने सबै टिमको टुङ्गो लागेको छ । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा खनाल ब्रदर्श विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

सैनामैना-७ स्थित सरस्वती माविको प्राङ्गणमा जारी प्रतियोगिता अन्तरत आज भएको खेलमा मुर्गिया एफसी सुर्योदयलाई २-० गोल अन्तरले पछि पार्दै खनाल ब्रदर्श सेमिफाइनल पुगेको हो । खनालका लागि जर्सी नम्बर १० का विमल रानाले २० औं मिनेटमा गोल गर्दै अग्रता दिएका थिए । यसैगरी ३६ औं मिनेटमा जर्सी नम्बर १६का अमर श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । प्रतियोगितामा खनाल ब्रदर्शका आमिर श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा फर्साटिकर एफसी र विश्वशान्ती युवा क्लब सालझण्डी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको व्यवस्थापनमा गत माघ २४ गतेदेखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २ लाख २२ हाजर २२२ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ नगदराशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी अन्तिम चारमा पुग्ने अन्य २ समुहले नगद २०/२० हात पार्ने हायोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार नगद राशी प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने आयोजकले जनाएको छ । स्थानीय सरस्वती माविमा भइरहेको खेलमा विधागत रुपमा उत्कृष्ट खेलाडीले नगद १० हजार पुरस्कार प्राप्त गर्ने छ भने उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर तथा उत्कृष्ट प्रशिक्षकलाई नगद राशीले सम्मानित गरिने आयोजकले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।