ताजा अपडेट »

नेपाली जनताप्रति विश्वास नभएर प्रचण्ड-नेपालले विदेशीलाई गुहारे : भट्ट

शनिबार, ०१ फागुन २०७७, १६ : २०
6 Shares

बुटवल । ओली समूहका नेता एवं उद्योग वाणिज्य तथा आफूर्तिमन्त्री एवं नेकपाको ओली समूहका नेता लोखराज भट्टले प्रचण्ड–नेपालले नेपालप्रति बिश्वास नभएर विदेशीलाई गुहारेको बताएका छन् ।

‘उहाँहरु(प्रचण्ड–नेपाल)ले लोकतन्त्र बचाइदिनु पर्यो, गणतन्त्र बचाइदिनु पर्यो, नेपाली जनताप्रति विश्वास नभएर आज उहाँहरुले विदेशीलाई गुहारदै हुनु हुन्छ’ ओली समूहले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय आमसभामा बोल्दै भट्ट भने ‘नेपाली जनता केपी शर्मा ओलीको नेतृत्वमा आफ्नो लोकतन्त्र, संघीयता, गणतन्त्र बचाउन सक्षम छन्, कसैलाई गुहारनु पर्दैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।