ताजा अपडेट »

बुटवलको पुष्पलाल पार्क नजिकै गुडिरहेको ट्रकमा आगलागी

मंगलबार, ०८ जेठ २०८१, १९ : ००
4.71K Shares
मंगलबार, ०८ जेठ २०८१
4.71K Shares

बुटवल । बुटवलको पुष्पलाल पार्क नजिकै (अस्पताललाईनमा) गुडिरहेको मालवाहक ट्रकमा मँगलबार दिउँसो एक्कासी आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार ना ६ ख ८३१५ नम्बरको ट्रकमा दिउँसो करिब साढे ६ बजेको समयमा आगलागी भएको हो ।

नारायणगढदेखि बुटवलको नयाँ गाउँस्थित ढुवानी ग्रामका लागि सामान बोकेर आउँदै गर्दा ट्रकमा आगलागी भएको हो । ट्रकमा वायरिङका सामग्री,  औषधी तथा मिठाइ लगायत सामानहरु रहेको प्रहरीले जनाएको छ । ट्रकमा रहेका केही सामग्रीमा क्षति भएपनि आगो तत्काल नियन्त्रणमा आएका कारण ठूलो क्षति हुनबाट बचेको छ । क्षतिको पूर्ण विवरण तथा आगलागीको कारण बारे अहिलेसम्म नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।