ताजा अपडेट »

३३ थान सालको काठसहित ट्याक्टर र चालक पक्राउ

बुधबार, २१ माघ २०७७, ०८ : ०६
6 Shares

दाङ । प्रहरीले अवैध सालको काठसहित टेक्टर र चालकलाई पक्राउ गरेको छ । अवैध रुपमा रहेको सालको ३१ दशमलव २ क्वीफिट बराबरको ३३ थान काठसहित टेक्टर तथा चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको हो ।

चालक गढवा गाँउपालिका–६ रामपुर निवासी १८ वर्षीय ईमराहिम पठानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सोमबार राति करिब ९ बजेको समयमा गढवा गाउँपालिका ५ कक्रहवा स्थित कोईलाबासदेखि गढवा तर्फ आउँदै गरेको रा १ त १३९५ नम्बरको टेक्टरलाई इप्रका गढवा दाङबाट गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा अवैध काठसहित फेला परेको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक राज कुमार भट्टले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।