१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

फाइल तस्विर

बनेपा। तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । गाउँपालिकाले ल्होसार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी ! बाजुरा र स्याङ्जामा पुनः मतदान कहिले ? आज आयोगको बैठक बस्दै प्रतिनिधि सभा : १६१ स्थानको टुङ्गो लाग्यो, १ स्थानमा गणना जारी हुँदा ३ ठाउँ अन्यौलमा प्रदेश सरकार गठन गर्न केन्द्रको भर, लबिङका लागि नेता भेट्नेको लर्को यस्तो छ आजको मौसमी पूर्वानुमान