५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ ।

Advertisement

भन्सार विभागका अनुसार साउनदेखि पुससम्म ४ दशमलव ८१ प्रतिशतले आयात घटेको छ भने निर्यात ६ दशमलव १४ प्रतिशतले बढेको हो । सो अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको विदेशी वस्तुको आयात भएको भन्सार विभागले जनाएको छ ।

निर्याततर्फ ६ महिनाको अवधिमा ६० अर्ब ७९ करोड ९९ लाख बराबरको मात्र स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ७९ लाखबराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्यांकअनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत छ ।

गत वर्ष आयाताको हिस्सा ९२.३८ प्रतिशत थियो भने निर्यातको हिस्सा ७.६२ प्रतिशत थियो । भन्सार विभागका अनुसार पहिलो छ महिनामा नेपालको व्यापार घाटा ६ खर्ब ४६ करोड रुपैयाँ रहेको छ ।

विभागको तथ्यांक अनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापार हुँदा सो रकमको व्यापार घाटा भएको हो । भन्सार विभागका अनुसार पहिलो ६ महिनामा सबैभन्दा बढी भारतसँग व्यापार घाटा रहेको छ ।

भारतसँग मात्रै ३ खर्ब ९५ अर्ब ३० करोड २६ लाख २६ हजार रुपैयाँको व्यापार घाटा छ । भारतबाट गत छ महिनामा ४ खर्ब ३८ अर्ब ८२ करोड ९७ लाख ८ हजार रुपैयाँको आयात भएको छ भने ४३ अर्ब ५२ करोड ७० लाख ८२ हजार रुपैयाँको निर्यात भएको छ । चीनसँग पनि ९५ अर्ब ८१ करोड ७४ लाख २२ हजार रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।

चीनबाट यस अवधिमा ९६ अर्ब ३२ करोड ५२ लाख ८३ हजार रुपैयाँको आयात भएको छ भने निर्यात ५० करोड ७८ लाख ६१ हजार रुपैयाँको भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपैयाँको आयात हुँदा ४ लाख २५ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्यांकले देखाउँछ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुलुकबाट ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।

यसैगरी कात्तिकमा १ खर्ब १० अर्ब २२ करोड, मंसिरमा १ खर्ब २३ अर्ब १ करोड र पुसमा सबैभन्दा धेरै १ खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तु आयात भएको छ । छ महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । ६ महिनामा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको छ ।राजधानीबाट

प्रतिकृया दिनुहोस्

Flash News

पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो