ताजा अपडेट »

१५ अर्ब रुपैयाँको रिपो बिक्री गर्दै राष्ट्र बैंक

बुधबार, २५ बैशाख २०७६, १३ : ५०
10 Shares

वैशाख २५,
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले मंगलबार एक सूचनामार्फत बुधबार १५ अर्ब रुपैयाँ बराबरको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको हो ।

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ‘ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो बिक्री गर्ने गरिन्छ । नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा लगातार रुपमा ट्रेजरी बिल तथा रिपो बिक्री गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।