ताजा अपडेट »

नेपालको जेसीज इतिहासमा पहिलो पटक अध्यक्षमा तेस्रो लिङ्गी

सोमबार, २७ पुस २०७७, १६ : ४५
16 Shares

नवलपरासी । नेपाल जेसिज कै इतिहासमा पहिलो पटक पश्चिम नवलपरासीकी तेस्रो लिङ्गी सामाजिक अभियन्ता पुष्पा लामा रामग्राम लेडी जेसीजको अध्यक्ष बन्न सफल भएकी छिन् ।

शनिवार सम्पन्न रामग्राम लेडी जेसीजको ९ औँ शाखा अधिवेशनले तेस्रो लिङ्गी लामा अध्यक्षमा सर्वसम्वत निर्वाचित भएकी हुन्।निलहिरा समाज नेपालको भगिनी संस्था सशक्तिकरण नेपालको प्रोजेक्ट कोडिनेटर परासीमा कार्यरत लामा आफुलाई तेस्रो लिङ्गी हुँ भन्नमा कुनै असहजता हुँदैन । उनले खुलेरै आफ्नो परिचयसहित समाजले तेस्रो लिङ्गीलाई यो समाजले हेर्ने दृष्टिकोडमा परिवर्तन हुनु पर्ने आवाज उठाउँदै आएकी छिन् ।

गत वर्ष अत्तरीयामा सम्पन्न एरिया कन्फ्रेन्सको वक्तित्वकला प्रतियोगितामा सहभागी भएकी लामाले तृतीय स्थान हासिल गरेकी थिईन्। । उनले उक्क्त समारोहमा समेत जेसीज अभियानमा आफु प्रतिनिधि पात्रको रुपमा आएको बताएकी थिईन् । जेसीजमा लागेर आफुले समाजमा फरक पहिचान बनाउन सफल भएकाले लामाले रामग्राम लेडी जेसीजलाई अझ उचाइमा पुर्याउने बताईन्।

हालसम्म उनले कोष बृद्धि संयोजक, एनजीओ संयोजक, उपाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष र महासचिव पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिसकेकी छिन् । उनी एक स्पष्ट र प्रखर वक्ता समेत हुन् । रामग्राम लेडी बर्ष २०२१का लागि अधिवेशनबाट शाखाको कार्यकारीणी उपाध्यक्षमा अनिता तिवारी जोगमाया चौधरी, उपाध्यक्षहरुमा सरिता कुमी, ज्ञानुमाया थनेत, सुलोचना क्षेत्री, फातिमा खातुन अन्सरी, सहसचिवमा कल्पना पौडेल र सहकोषाध्यक्षमा धनकुमारी चौधरी सर्वसम्वत निर्वाचित भएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।