ताजा अपडेट »

नेकपाका दुवै पक्षको बैठक बस्दै

विहीबार, ०९ पुस २०७७, १० : ३४
6 Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै पक्षका केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओली समूहको बैठक बालुवाटारमा ९ बजे बस्दै छ भने पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको बैठक १ बजे बबरमहलमा बस्दै छ।

प्रचण्ड नेपाल समूहले अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही गर्दै पदबाट हटाएको छ भने रिक्त पदमा माधव नेपाललाई चयन गरेको छ। ओली समूहले ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेको छ। दुवै समूहले पार्टीको आधिकारिकता पाउन कानुनी लडाइँ सुरु गरिसकेका छन्। दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकताका लागि निवेदन दिइसकेका छन्।

प्रधानमन्त्री ओलीले आफूलाई चेपुवामा पारेको दाबी गर्दै पुस ५ गते संसद विघटन गरेपछि नेकपा फूटेको हो। ओलीले पार्टीका कसैलाई कारवाही नगरेको उल्लेख गर्दै प्रवक्तामात्र परिवर्तन गरेको जनाएका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।