ताजा अपडेट »

थप ७४२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

सोमबार, ०६ पुस २०७७, १६ : ४०
6 Shares

बुटवल । नेपालमा थप ७ सय ४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ४२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ भन संक्रिय संक्रमितको संख्या ७ हजार ९७६ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४४ हजार ७४३ स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९५ पुगेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।