२१ माघ २०७९, शनिबार

Feb 4, 2023

बुटवल । सत्तारुढ दल नेकपाका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले आगामी वैशाखमा निर्वाचन हुनै नसक्ने बताएका छन् । वर्तमान अवस्थामा मुलुकलाई निर्वाचनमा लैजान सक्ने अवस्था नरहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विगठन गर्नु गलत भएको बताएका छन् । रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार गर्दै बोल्दै पन्थीले प्रधानमन्त्रीको इतिहासकै ठूलो भूल भएको उल्लेख गरे ।

Advertisement

यसैगरी नेकपाकै अर्का सांसद तुलाराम घर्तिले केन्द्रीय राजनीतिमा देखा परेका घटनाहरुको तरङ्ग प्रदेशमा पनि देखिनु स्वाभाविक भएको बताएका छन् । केन्द्रको राजनीतिक समिकरणले प्रदेश सरकारको समिकरण पनि बदलिन सक्ने संकेत गर्दै उनले प्रधानमन्त्रीको कमदप्रति आलोचना समेत गरेका छन् । प्रधानमन्त्रीको कदम र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमीकामा समेत गम्भीर संका उत्पन्न भएको उनले बताए ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलवारले विश्वव्यापी कोरोना महामारीका बेला सरकारले चालेको कदम अलोकतान्त्रिक र तानाशाही भएको उल्लेख गरे । प्रधानमन्त्रीको कदमले मुलुक र लोकतन्त्र धरापमा परेको बताउँदै उनले संसद विगठन गर्नु असंवैधानिक भएको बताए । यसैगरी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक सन्तोषकुमार पाण्डेयले सरकार र राष्ट्रिपतिको कदम असंवैधानिक भएको उल्लेख गरे । प्रधानमन्त्रीले तानासाही प्रवृत्ति देखाएको आरोप लगाउँदै उनले केन्द्रीय राजनीतिबाट प्रदेशमा पर्ने प्रभावहरुका बारेमा चिन्ता नगर आग्रह गर्दै प्रदेशको नेतृत्वका लागि अन्य दल तयार र सक्षम रहेको दाबी गरे ।

साक्षात्कारमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले प्रधानमन्त्रीले पहिलेदेखि नै अधिनायकवादी शैली अपनाउँदै आएको बताउँदै सन्किपनमा संसद विगठन भएको आरोप लगाए । मुलुक कोभिड–१९ को मारमा परिरहेका बेला आगामी वैशाखमा हुने भनिएको निर्वाचनको परिकल्पना समेत गर्न नसकिने बताए । प्रधानमन्त्रीको स्वइच्छाचारीता र दमनकारी नीतिका कारण मुलुक ठूलो दुर्घटनामा जाने संकेत गरेको उनले बताए ।

यसैगरी नेपाल बार काउन्सिलका सदस्य बाबुराम पाण्डेले प्रधानमन्त्रीले संसद विगतठन गर्नु असंवैधानिक कदम भएको बताएका छन् । संविधानका कुनै पनि धारा तथा उपधाराहरुमा उल्लेख नभएको बताउँदै उनले प्रधानमन्त्री र राष्ट्रिपतिले चालेका गलत कदमलाई सम्मानित सर्वोच्च अदाले सही निर्णय गर्ने विश्वासा व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

संघीयताको मर्म अनुसार काम गर्छु: मुख्यमन्त्री गिरी गुल्मी जिल्ला समाज युकेद्वारा अपाङ्ग असहायहरुलाई सहयोग बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा अर्थमन्त्री पौडेललाई नगर प्रमुख यादवको ध्यानाकर्षण, रामग्राम स्तुपको गुरुयोजना कार्यान्वयनमा ल्याउने प्रतिवद्धता सामुदायिक विद्यालयमा विद्यार्थी उपस्थिती बढाउन प्रति विद्यार्थी दैनिक दश रुपैयाँ रास्वपालाई गृह मन्त्रालय दिने नदिने वारेमा माओवादीले निर्णय लिदैँ गठबन्धनमा समस्या पछि बिपक्षी दल बोल्न थाले, माधव नेपालले प्रचण्ड सरकारको भविश्यमा प्रश्न उठाए राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिन्छः प्रधानमन्त्री बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने जनताले महसुस गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछः स्वास्थ्य मन्त्री पाल्पामा सडक दुर्घटनामा परी आमा छोराको मृत्यु राष्ट्रियसभा उपाध्यक्ष चयनः बिपक्षी दलको बैठकवाट माधव नेपाल निस्किए प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता, उच्चस्तरीय संयन्त्रको बैठक अझै अनिर्णित लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई किसानले तरकारी फालेको घटनाप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण एक दिन एउटा प्रकाशसँग अर्को दिन अर्को प्रकाशसँग विवाह भएपछि… वडाले जग्गा लिजमा लिएर किसानलाई दिने लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै रुपन्देहीमा पूर्वाधार निर्माणसँगै दुर्घटना पनि बढ्यो, तिलोत्तमा सडकमा बढी दुर्घटना पटक-पटक स्थगित दुँदै आएको माओवादी स्थायी समिति बैठक अपरान्ह १ बजे बस्दै