ताजा अपडेट »

थप १ हजार ४९० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

बुधबार, १७ मंसिर २०७७, १७ : ३८
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ४९० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १८ हजार १६१स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५३८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।