ताजा अपडेट »

जलाउन लैजाँदै गरेको शव प्रहरीद्वारा नियन्त्रण

शुक्रबार, ०६ बैशाख २०७६, १५ : २३
10 Shares

वैशाख ०६,

वीरगञ्ज । प्रहरीले जलाउन लैजाँदै गरेको एक महिलाको शव नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा २३ प्रसौनीविर्ताबाट प्रहरीले अन्दाजी २९ वर्षीया अञ्जुदेवीको शव नियन्त्रणमा लिएको हो ।

पन्नालाल दासको श्रीमती अञ्जुदेवीको परिवारकै सदस्यबाट हत्या भएको आशंकामा अनुसन्धानका लागि प्रहरीले शव नियन्त्रणमा लिएको हो । अञ्जुदेवीका शव जलाउन सिर्सिया खोला किनारस्थित गैया घाटमा लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको स्थानीयबासीले जानकारीले दिए । 

साथै प्रहरीले मलामी गएकामध्ये कृष्ण दास र उमेश दासलाई पनि नियन्त्रणमा लिएको छ । उक्त प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र कसैलाई पनि नियन्त्रणमाा नलिएको दाबी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।