ताजा अपडेट »

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि वृर्तिमार्ग निर्देशन कार्यक्रम

आइतबार, २३ बैशाख २०८१, १९ : ४७
120 Shares

बुटवल । तिलाेत्तमा नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाकाे आयाेजनामा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका वृर्तिमार्ग निर्देशन  कार्यक्रम आइतबारदेखि एक समाराेहका बीच टिकुलीगढ माध्यमिक विद्यालय तिलाेत्तमा १४ बाट सुरुवात गरिएको छ । 

कार्यक्रमकाे उद्घाटन समाराेहमा बाेल्दै प्रमुख अतिथि शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव गंगाराम आचार्यले शिक्षाको विकासबाट मात्रै समुन्नत समाजकाे सिर्जना गर्न सकिने र यसका लागि किशोर किशोरीलाई  जिम्मेवार बनाउनका याे कार्यक्रम गरिएको बताए । यसैगरि विशिष्ट अतिथि कार्यपालिका सदस्य एवम् समाजिक विकास समिती संयोजक रवि सेन्चुरीले अबकाे विकास युवाकाे आवश्यकता र अग्रजकाे अनुभवमा आधारित रहि निर्माण गर्ने र यसका लागि युवाहरुलाई आत्मविश्वासी बनाउनका लागि याे कार्यक्रम गर्न लागिएको बताए ।

कार्यक्रममा बाेल्दै वृत्तिमार्ग निर्देशन कार्यक्रमकाे पाठ्यक्रम निमार्णका संयाेजक हुमराज भुसालले विद्यार्थीहरुलाई माध्यमिक तहकाे शिक्षामा आउने चुनाैती , समाधान तथा उच्च शिक्षामा आफुलाई कसरी सहभागी गराउने भन्ने विषयका अतिरिक्त डिजिटल भुक्तानी , डिजिटल साक्षरता र साईवर अपराध र बच्चने उपायका बारेमा समेत याे कार्यक्रमले स्पष्ट पार्ने बताए ।
 नगरपालिका भित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन हुने कार्यक्रममा प्रशिक्षककाे जिम्मेवारीमा डाक्टर उमेश न्याैपाने , हुमराज भुसाल , भाेजराज पङ्गेनी , जीवन परियार, रामु पाण्डे र भाेजराज न्याैपाने रहनु भएको छ। 

कार्यक्रमकाे अध्यक्षता विद्यालयका प्राधानाध्यापक शंकरदत्त उपाध्यायले गर्नु भएको कार्यक्रमकाे सञ्चालन शिक्षक चुडामणी बस्यालले गर्नु भएको थियाे । आज उद्घाटन कार्यक्रम रहेकाेले पालिकाका दुईवटा विद्यालय टिकुलीगढ मा वि र दुर्गा मा वि कार्यक्रम सञ्चालन भएको कुरा शिक्षा युवा तथा खेलकुद शाखाले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।