ताजा अपडेट »

प्रकाश सपुत चलचित्र निर्माता तथा निर्देशक बन्दै, आज नाम घोषणा

आइतबार, २३ बैशाख २०८१, ०८ : १९
214 Shares

काठमाडौं । पछिल्लो समयका सर्वाधिक लोकप्रिय गायक-कलाकार प्रकाश सपुत चलचित्र निर्माता तथा निर्देशक बन्ने भएका छन्। आज आइतबार एक कार्यक्रम गर्दै उनले आफ्नो लेखन,संगित, निर्माण, निर्देशन एवम् अभिनय रहने चलचित्रको घोषणा गर्दैछन्।

उनले आफ्नो चलचित्रको शीर्षक, कलाकार, कथा तथा रिलिजडेट बारे भिडियो मार्फत जानकारी दिने कार्यक्रम तय गरेका छन ।

आफुले बनाउन लागेको चलचित्र सम्वन्धमा शनिबार उनले एक फेसबुक स्टाटस लेखेर जानकारी दिएका थिए। प्रकाशले आफ्नो डेब्यू चलचित्र  परदेशी–२मा एउटा कलाकारको रुपमा चलचित्रको अनुभव र दर्शकहरुको विश्वास जित्ने मौका पाएको स्मरण गर्दै अब आफै निर्माण-निर्देशन गर्न लागेको उल्लेख गरेका छन्। स्टाटसमा उनले यसका लागि सबैलाई धन्यवाद समेत दिएका छन्।

sapoot

“लौ है यो अर्को सपना पनि पुरा गर्न आँटियो” सर्वप्रथम त सपनाको यो हद सम्म पुग्ने आँट, माया, साथ र शुभेच्छा दिनुभएकोमा तपाईहरु सप्पै–सप्पैलाई धन्यवाद । उनले लेखेका छन्। यसैगरी उनले गीतमा पाएजस्तै साथ र शुभेक्षा पाउने आशा गरेको समेत बताएका छन्।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस चलचित्रमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचन कार्यकारी निर्माता रहनेछन्।

sapoot2

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।