ताजा अपडेट »

सम्बन्ध बिच्छेदका घटनाहरू बढे

शुक्रबार, २८ कार्तिक २०७७, ११ : ४४
4 Shares

दोलखा । दोलखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिन्छ । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए ।

यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५ गरी कुल एक सय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दालाई विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिए । संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन् । अहिले देवानीसंहिताको परिच्छेद ३ को दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ । नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।