१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

काभ्रेपलाञ्चोक : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका जिल्ला नेता ५४ वर्षीय मधुसुधन बजगाईँलाई काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ ।

Advertisement

धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका बजगाईँलाई निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। उनका अनुसार बजगाईँलाई जिल्लास्थित व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जबर्जस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

खोजतलासका क्रममा आज बजगाईँकै निवासमा पुगी सोधपुछका क्रममा प्रहरी टोलीप्रति नै अपशब्द प्रयोग गरेकाले तत्कालै पक्राउ गरिएको जनाइएको छ । आफू नेकपा–माओवादीका जिल्ला सदस्य भई पार्टीको नीति–निर्देशनअनुसार काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धनका क्रममा बजगाईँले स्वीकारेका छन् ।

बजगाईँलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वप्रहरीका सन्तानलाई विद्यालय र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिइने पूर्वाधार बनाएर मात्रै प्रदेश राजधानी सार्न रुपन्देही कांग्रेसकाे माग सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते निर्वाध रूपमा रात्रीकालीन बजार सञ्चालन गर्न रुपन्देहीका हाेटल व्यवसायीकाे माग राप्रपा प्रवक्ता श्रेष्ठको नजरमा सरकार गठनमा माओवादीका ५ विकल्प हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर सामाजिक सुरक्षामा तीस प्रतिशत आबद्ध इन्डोनेसियामा शक्तिशाली भूकम्प माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय उपमेयर डंगोलको निर्देशन: आकाशे पुल तत्काल मर्मत गर्नु, बार घटाएर पारदर्शी बनाउनू भूमि आयोगको सूचनापछि काठमाण्डौंमा थप आक्रामक बन्दै उपत्यका विकास प्राधिकरण नेत्रहीन टी-२० विश्वकपमा नेपाल, टोली आज भारत प्रस्थान हुँदै ठूला तीन दल खुम्चिदा नयाँ दुई दलको भयो उदय पहाडी क्षेत्रमा बदलीको सम्भावना सजिलो सहकारीको छैटौं अधिवेशन, अध्यक्षमा पुनः पोख्रेल बुटवल तथा सैनामैनाका यी स्थानमा आइतबार विद्युत अनियमित हुने (सूचनासहित) देवदहकी दिपा मृगौला रोगले पीडित, सहयोगका लागि परिवारको अपिल दाङमा चार महिनामै थपिए करिब तीन सय उद्योग, ६१ करोड बढीको पूँजी लगानी भैरहवामा मंसिर १८ देखि अन्तर विद्यालय टि-२० क्रिकेट