ताजा अपडेट »

‘चीनका प्राचीन कथा’ पुनः प्रकाशित

मंगलबार, १८ कार्तिक २०७७, १२ : ३१
2 Shares

काठमाडौं । पुराना र ऐतिहासिक महत्वका कृति प्रकाशनका क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘चीनका प्राचीन कथा’ पुस्तक पुनः प्रकाशित गरेको छ ।

तत्कालीन नेपाली साहित्य कला एकेडेमी, नेपाल एकेडेमी र रोयल नेपाल एकेडेमी हुँदै बनेको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका प्रथम उपकुलपति बालचन्द्र शर्माद्वारा अनुदित र प्रतिष्ठानद्वारा विसं २०२५ मा पहिलोपटक प्रकाशित ‘चीनका प्राचीन कथा’ पुस्तक ५२ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः प्रकाशन भएको हो ।

प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले सो पुस्तकबाट प्राचीन सभ्यता र संस्कृतिले सम्पन्न देशका रूपमा रहेको चीनमा प्रचलित लोककथाहरू, तिनमा प्रस्तुत जनजीवन, लोकविश्वास, कथात्मक शैली र प्रवृत्तिसँग पाठकहरू परिचित हुने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।