ताजा अपडेट »

कोरोना कहरका बीच मोहम्मद जयन्ती

शुक्रबार, १४ कार्तिक २०७७, १२ : २४
6 Shares

भैरहवा । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको १४ सय ९५ औं जन्मदिन कोरोनाको त्रासकै बीच भैरहवामा पनि भब्य रुपमा मनाइएको छ । जन्मदिन भब्य र्यालीसहित विभिन्न कार्यक्रम गरी मनाईएको हो । इस्लाम धर्मका अन्तिम सन्दशेकर्तासमेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले विशेष रुपमा मनाउने गर्छन् । जन्मदिनको अवसरमा शुक्रबार भैरहवामा भब्य र्याली निकालिएको छ ।

यस क्षेत्रमा रहेका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा मिलनचोक बुद्धचोकबाट र्याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । मुस्लिम वेलफेयर सोसाइटीका अकिल अहमदका अनुसार र्यालीमा सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, उदयपुर, गोलिगढ, भैरहवा बजारलगायत चैनपुर, बसन्तपुर, बेनिपुरका मुस्लिम समुदायको सहभागिता रहेको छ ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिनाको १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हुँदा यस दिन विश्वभरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।