ताजा अपडेट »

संक्रमितको उपचार नगर्ने सरकारको गैरजिम्मेवार निर्णय : नेता नेपाल

मंगलबार, ०४ कार्तिक २०७७, १४ : ४३
2 Shares

बुटवल । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमित बिरामी आफैंले उपचार खर्च व्यहोर्ने निर्णयप्रति आपत्ति जनाएका छन्। मंगलबार एक विज्ञप्तिमार्फत पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै अभिभावकको दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताएका हुन् ।

‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन ।’ उनले भनेका छन्, ‘त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो ।’

उनले उक्त विभेदकारी गैरजिम्मेवार र नागरिकप्रति अनुत्तरदायी निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।