१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

पारी-पारी हल्का कुहिरो, आँगनका तुल्सीका बोटहरुमा टल्किएका शितका थोपाहरु, पारिलो अनि उज्यालो घाम आज घटस्थापना उठ्दा नै मन तेसै खुसी त्यो बचपनको दशैँ,

Advertisement

घर बाहिर बिदेश, काठमाडौँ, बुटबलमा रहेका आफन्तहरु आउने केही न केही नयाँ कुरा पनि पाईने मन तेसै खुसी त्यो बचपनको दशैँ,

दशैँ, तिहार एक महिनाको बिदा हनि त्यो एक महिनाको होमवर्क कति बेला सकु र रमाईलो मात्र गरु भन्दै पढेको मन तेसै खुसी त्यो बचपनको दशैँ,

साथिहरु सँग रातो माटो लिन जाने अनि रातोे माटो, सेतो चुना, बुट्टेदार झ्याल ढोकामा हरियो निलो रङ चिटिक्क नयाँ घर मन तेसै खुसी त्यो बचपनको दशैँ,

आज दशैँ बजार लाग्ने दिन टिका र मेलाको लागि बुबा आमाले नयाँ लुगा जुत्ता किनिदिने अनि मन तेसै खुसी त्यो बचपनको दशैँ,

साथिहरु सँग ती भिर पाखा खरबारीमा बाबियो काटेर लुठ्ठे पिङ्ख बाटेर पालो पालो पिङ्ख खेलेको मन तेसै खुसी त्यो बचपनको दशै,

दिनमा एउटा एउटा जिप बस नआउने त्यो मोटरबाटो आज घटस्थापना गाडी चलेर धुलो रोकिएको छैन जिप बस हेर्न मन तेसै खुसी त्यो बचपनको दशैँ,

साझ कोट मन्दिरमा बाजा बजिरहँदा उता पारी डाँडामा लागेका दोषहरु मेटिन्छ भन्दै द्धुइज हेर्दे मैले देखे देखिन भनेको मन तेसै खुसी त्यो बचपनको दशैँ,

दशमी टिकाको दिनमा निधारभरि टिका लगाएर रोटी अचार खादै त्यो रिलवाला क्यामेरामा फोटो खिच्दा मन तेसै खुसी त्यो बचपनको दशैँ,

धेरै घरमा टिका लगाउने अनि अर्को बिहान सम्म निधारमा रहेमा भाग्यमानि भईन्छ भन्ने मन तेसै खुसी त्यो बचपनको दशैँ,

र आज एकपटक घडीको सुईलाई फर्काएर त्यही बचपनको दशैँ खुसी मनाउन मन लाग्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण