ताजा अपडेट »

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा ‘कुखुरा चोरको’ हत्या

शुक्रबार, ३० असोज २०७७, १२ : ५४
6 Shares

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा बाबुछोराको कुटाईबाट कुखुरा चोरको मृत्यु भएको छ । मृत्युहुनेमा जिल्लाको राप्ती गाउँपालिका– ३ नयाँबस्तीका १८ वर्षिय नरेश चौधरी रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बिहीबार राती ८ बजे छिमेकी घरमा कुखुरा चोर्न गएका चौधरीलाई ६० वर्षिय बाबु खलबहादुर घर्तीमगर र छोरा २५ वर्षिय ओमप्रकाश घर्तीमगरले निर्घात कुटपटि गरेका थिए । ती बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक चौधरीको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।