ताजा अपडेट »

असहाय छविलाललाई लायन्सको सहारा

विहीबार, २९ असोज २०७७, १४ : ३३
10 Shares

भैरहवा । ‘बत्ती मुनिको अध्यारो’ भने जस्तै भएको छ छविलाल कहाँरको परिवारलाई । जिल्ला सदरमुकाम भैरहवाबाट नजिक रहेका छविलाल बीस वर्षदेखि अभावको जुनी जिउन बाध्य छन् । पटक-पटक नियतीले उनलाई ठगेको छ, पटक-पटक उनलाई अभावले पिरोलेको छ । ‘भाग्य नै खोटो’ भने जस्तै प्रकृतिको मारमा पनि उनि नै पर्दै आएका छन् ।


ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने छविलाल कहाँर अति विपन्न भएपनि उनि कसैको अगाडि सहयोग माग्न सकेनन् । पहुँच नै नभएका छविलाललाई अहिलेको स्थानीय सरकारले पनि हेर्न सकेनफलतः उनि र उनको परिवार अहिले चरम कुपोषित अवश्थामा रहेको छ । बिहान खाए साँझको छाकको चिन्ता र साँझ खाए बिहानको लागि चिन्ता लागि रहेकै हुन्छ ।

श्रीमती प्रभावती र २ छोरा तथा १ बुहारी भएका छविलालको छोराहरु पनि गरि खाने वर्गकै हुन् । श्रामिक रहेका दुवैजना यस अघि भैरहवा भन्सार कार्यालयमा सामान्य भरियाको काम गरेर दैनिक गुजारा गरि रहेको थिए । तर, लकडाउनले उनिहरुको रोजगारी खोसे पछि घरमा चुल्हो बल्नै छोड्यो, जसको नतिजा आयो पूरै परिवार नै कुपोषणको शिकार भए ।


खानै नपाएर कुपोषित भएपछि अहिले पूरै परिवार बिरामी भएका छन् । घरका सबै सदस्यलाई प्रायः कुनै न कुनै रोगले च्यापेको छ । जसले उनिहरु श्रम गरिखाने विकल्प पनि खोसिएको छ । यसै माथी असोज महिनामा आएको अविरल बाढीले उनिहरु बस्ने माटोको घर पनि भत्काए पछि अहिले उनिहरु थप पिडित बनेका छन् । घर जग्गाको नाममा रहेको माटोको घर भत्किए पछि अहिले उनिहरु जोखिममै सोही घरमा बसि रहेका छन् । २०७१ सालमा पनि सोही घरमा आगलागी भएको थियो । त्यति बेला बल्ल बल्ल जोडेको घर अहिले लकडाउनमा भत्किए पछि छविलालको आश नै मरेको बताउछन् । ‘पहिला छोराहरुको कमाईले आगलागी भएको घरमा सामान्य खर छाएको थिए, अहिले खानै पुगेको छैन कसरी घर मरम्मत गर्नु ?’ छविलालले दुखेसो गरे ।

छविलालको जस्तै अवश्था छ उनको भतिजा राम भरोस कहाँरको पनि । १० जनाको उनको परिवारलाई पनि छाँक टार्न धौ धौ पर्ने गरेको छ । बसाइँको मामिलामा छविलाल भन्दा सुविधाजनक रहेपनि अन्य समस्या उस्तै छ । छविलाल र रामभरोसलाई स्थानिय सरकार देखी जिल्लाका दैवि प्रकोप ब्यवस्थापन समिति समेतले केहि सहयोग नगरे पछि स्थानिय एक जनाले आफु काम गर्ने एक ठाउमा छविलाल र उनको परिवार बारे जानकारी दिई सहयोग गर्न अनुरोध गरे । लायन्य क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका सदस्य समेत रहेका विनित उपाध्याय त्यसपछि छविलाल कहाँरको सहयोगमा जुटे ।

उनले ब्यक्तिगत सहयोग त गरे नै आफु आवद्ध क्लबमा समेत यसबारे कुरा राखेको बताए । ‘मेरै गाउँठाउँमा यस्तो अभावमा रहेको परिवारबारे जानकारी पाए पछि तत्काल केही सहयोग गरे र यसबारे क्लबको ग्रुपमा पनि कुरा राखे’ उपाध्यायले भने ।पछिल्लो समय भैरहवा क्षेत्रमा बिभिन्न सामाजिक क्रियाकलाप गरि रहेको अरुण कुमार मिश्र नेतृत्वको क्लबले तत्काल कहाँर परिवारलाई राहत दिने इच्छा ब्यक्त गर्यो । सोही क्षेत्रका सामाजिक ब्यक्तित्व श्रवण कुमार पाण्डेको सहयोगमा क्लबले कहाँर परिवारलाई सहयोग पनि गरेको छ । बिहिबार क्लबले नगद ३० हजार रुपैया, कहाँर परिवारलाई खाद्यन्न सामग्री र घर बनाउने समान प्रदान गरेको छ ।

‘छड, सिमेन्ट, ईट्टा, जस्तापाता, पाईप लगायतको घर बनाउने समान र तत्काल राहत पुग्ने गरि केही खाद्यन्न सहयोग गरेका छौ ।’ लायन्य क्लब अफ सिद्धार्थनगर गौतम बुद्धका अध्यक्ष अरुणकुमार मिश्रले भने । उनले भविष्यमा पनि यो परिवारलाई क्लबमार्फत सहयोग गरि रहने पनि जनाएका छन् ।घर निर्माण सामाग्री पाएका छविलाल कहाँरले र परिवारलाई धेरै राहत भएको बताए । उनले देखी नै घर निर्माणमा जुट्ने बताए । “माटोको दिवाल भत्किएको छ, सर्प लगाएत अन्य बिषालु किराहरु पस्ने गरेका छन्, अब बस्ने एउटा सहारा भएको छ ।’ प्रशन्न मुद्रामा देखिएका छविलालले प्रतिक्रिया दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।