ताजा अपडेट »

पत्रकार दम्पतीलाई कोरोना सङ्क्रमण

विहीबार, १५ असोज २०७७, १० : ०६
2 Shares

भरतपुर। राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेकाका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि मङ्गलबार उनकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दुवै होम आइसोलेसनमा रहेका छन् । दुवैको स्वास्थ्यावस्था सामान्य रछ । नियमित रिपोर्टिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए। उनले भने , “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नुबाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।