ताजा अपडेट »

लकडाउन समय आफ्नै लागि भयो : मञ्जु पौडेल

बुधबार, १४ असोज २०७७, १९ : ३०
24 Shares

नेपाली उद्घोषण क्षेत्रमा अग्रपंत्तिमा आउने नाम हो, मन्जु पौडेल । रेडियो प्रस्तोता हुँदै स्टेज उद्घोषण क्षेत्रमा जमेकी पौडेल गायनमा पनि अब्बल पहिचान बनाउन सफल छिन् । देशका अधिकांश जिल्ला लगाएत कैंयौं अन्य देशमा उद्घोषणका लागि पुगेकी पौडेल लकडाउनमा भने घरमै रमाएको बताइन् । कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले कलाकार र कलाकारिता क्षेत्रलाई पनि गम्भीर समस्या पारेको छ। यसबाट उनीपनि प्रभावित भएको बताउँदै सो समय घरमै व्यतित गरेको उनले बताइन् । उनले भनिन्‘ सधैंजसो विभिन्न कार्यक्रमका लागि देश–विदेशमा व्यस्त रहँदा घरमा समय बिताउन पाएकी थिइन । महामारीले निम्ताएको संकटमा घरभित्रै बसेर समय बिताउनुपर्ने बाध्यता भएपनि धेरै वर्षपछि घर,परिवार र पारिवारिक माहौलको छुट्टै र सन्तुष्टिजनक अनुभूतिको महसुस भयो । घरभित्रका हरेक बस्तुस्थिति बारेपनि पुनःजानकारी भयो ।’

गुल्मी जन्मघर,रुपन्देही स्थायी घर भएकी पौडेलले बुटवल स्थित बुटवल एफएम हुँदै तिनाउ एफएम र रुपन्देहीबाट नै स्टेज उद्घोषण तथा गायन यात्रा सुरु गरेकी थिइन् । संघीय राजधानी काठमाण्डौं स्थित नेपाल टेलिभिजन र स्टार एफएममा कार्यक्रम सञ्चालिका रहेकी पौडेल सफल सञ्चारकर्मी पनि हुन् । गायन, स्टेज उद्घोषण र सञ्चार माध्यममा कार्यक्रम प्रस्तुत गर्नु तिनै किसिमका कला एक अर्कामा सम्बन्धित रहेको हुँदा तीनै कलालाई एकसाथ अगाडि बढाएको उनी बताउँछिन् । उद्घोषिकाबाट आफूलाई गायन क्षेत्रमा स्थापित गराउन सफल उनले अहिलेसम्म थुप्रै लोक गीतहरु बजारमा ल्याइसकेकी छन् । २०६३ बाट गायन क्षेत्रमा अघि बढेकी पौडेल स्टेज तताउने कलाकारको रुपमा चिनिन्छिन् । उनी आफैं कार्यक्रम सञ्चालन गर्छिन् अनि गाउँछिन् पनि ।

तीजकै लागि विगतमा जापान, अस्ट्रेलिया, बेलायतसहित युरोपियन मुलुक दुबई, कतार, मलेसिया, हङकङ, सिंगापुरजस्ता विभिन्न एसियाली देशहरूमा गाएर गीत संगीतसँगै स्टेज कार्यक्रम प्रस्तुत गर्ने मञ्जु कोभिड–१९ ले गर्दा यसपटक दर्शकहरूलाई मनोरञ्जन दिन नपाइएको प्रति आफूलाई दुःख लागेको बताउँछिन् । यसपटक क्यानडा, जापान र दुबईमा कार्यक्रम प्रस्तुत गर्ने योजना थियो । सुरुवातका संघषरत दिन हुन् या स्थापित भएको समय वर्षौदेखि निकै व्यस्त रहँदै आएकी स्टेज,सञ्चार र गायन सहित सफल ‘ह्याट्रिक’ गरेकी मञ्जु पौडेलले कोरोना कहर र लकडाउन अवधीमा सामाजिक सञ्जालमा पोष्ट गरेका तस्विरहरुः

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।